झापा । जेनजी आन्दोलनपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले झापामा वृहत गर्ने भएका छन् । आगामी भदौ ९ गते झापा आउन लागेका प्रसाईले बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालय सदस्य ओमप्रसाश लुईटेलले जानकारी दिए ।
कार्यक्रमका लागि मेची अञ्चल संयोजक मधुरकान्त सिटौला , सह संयोजक प्रकाश चन्द्र उप्रेती तथा सचिवालय सदस्य लुईटेल सदस्य रहनेगरी समिति बनाइएको र सो समितिले कार्यक्रमको व्यवस्थापनको काम गरिरहेको बताइएको छ ।
कारागार मुक्त भएपछि पहिलो पटक प्रसाई झापा आउन लागेका हुन् । उनी बीएण्डसी अस्पतालका संचालक हुन् ।
प्रसाई झापा आउन लागेसंगै उनको स्वागतमा चन्द्रगढी एयरपोर्टदेखि बिर्तामोडको सिटी सेन्टरसम्म मोटरसाइकल र्याली निकालिने भएको छ । त्यस्तै स्वागत–सम्मान, तथा शुभकामना आदान– प्रदान कार्यक्रम पनि राखिएको छ ।




























