हामी नेपाल प्रहरी

0
240

हिजो तिमिलाई बाढीले बगाउँदा हामीले उद्दार गरेकै हो ।
आज तिमिले हामीलाई खोलामा नाङ्गेझार बनाएर ढुङ्गाले हानेकै हो ।
तिम्रो आक्रोश अनि चित्क्कार भावनात्मक थियो ।
हाम्रो कर्तब्यपालन अनि इमानदारीता आदेशात्मक थियो ।
मेरो पोशाकको तिमिले धज्जी उडायौ ।
मेरो बासस्थान खोजी खोजी जलायौ ।
तिमि सु–मानव थिएछौ ।
मलाई त कु–मानवको संज्ञा दिएछौ ।
हेर्दाहेर्दै तिमी त महामानव भएछौ ।
आज तिमिलार्इ हाम्रो आवस्यकता आएछ ।
तिम्रो घमण्डताले सन्त्रास छाएछ ।
तर, छैन तिमि प्रती कुनै रिस राग
हामीमा आउदैन कदापी बदलाको भाव ।

शिव शर्मा धिमाल
प्रहरी नायब निरीक्षक
जिल्ला प्रहरी कार्यालय, सुनसरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here