जेनजी आन्दोलन :आगजनी हुनबाट जनप्रतिनिधिले नै जोगाए हल्दिवारीलाई

0
167

झापा । हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा हल्दिवारीमा घुसपैठ हुन नपाएको बताउनुभएको छ । जसका कारण गाउँपालिकाको कार्यपालिका भवनसहित सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड हुन नपाएको उहाँको भनाई छ ।


जेनजी पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा २४ गते झापाका अन्य पालिकाहरुमा तोडफोड र आगजनी भइरहँदा हल्दिवारी गाउँपालिकामा कुनै पनि अप्रिय घटना हुन नदिएको अध्यक्ष लिङ्देनले बताउनुभयो । यहाँपनि आन्दोलन भएको थियो अध्यक्ष लिङ्देनले भन्नुभयो – आन्दोलनमा सहभागीलाई हामीले सम्झाई बुझाई ग¥यौ र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुन दिएनौं ।
जेनजी आन्दोलनका नाममा देशभर विध्वंश मच्चिरहँदा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिले आन्दोलनमा सहभागीलाई वारवार सम्झाई रहेको अध्यक्ष लिङ्देनको भनाई छ । आन्दोलन भइरहँदा हामी गाउँपालिकामै थियौं ,आफ्नै सम्पत्ति किन डढाएर नष्ट गर्नु हुन्छ भनेर संझायौं अध्यक्ष लिङ्देनले भन्नुभयो – उहाँहरु पनि संयमित देखिनु भएकाले यो गाउँपालिकामा त्यस्तो अप्रिय केही पनि हुन पाएन ।
१५ वटा स्थानीय तह रहेको झापामा १२ स्थानीय तहमा कार्यपालिका भवनमा आगजनी भयो । ५५ वटा वडा कार्यालय भवन जलाइए । १० वटा संघीय कार्यालयका भवन जलाइए । प्रदेशिक ४ वटा कार्यालय जले । एउटा विद्यालय सहित १५३ वटा निजी र सार्वजनिक संरचनामा क्षति पु¥याउँदा हल्दिवारीका जनप्रतिनिधिको अथक प्रयासका कारण यो पालिका सुरक्षित बन्यो । जसका कारण झापामा यो गाउँपालिकाका जनप्रतिनिधिको चर्चा चुलिएको छ ।
स्थानीयवासीसंगको समन्वय,जनप्रतिनिधिको एकता र आन्दोलनमा सहभागीलाई संयमित हुन गरिएको आग्रहका कारण यो गाउँपालिकामा कुनै प्रकारको क्षति नभएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।
झापामा भएको आन्दोलनका क्रममा तीन जनाको मृत्युसंगै एक सय ५० वढी भौतिक संरचना जलेर खरानी हुँदा हल्दिवारी गाउँपालिका सुरक्षित रहनुले जनप्रतिनिधि र कर्मचारीमा आपसी सद्भाव,पालिकावासीको एकता र आन्दोलनमा सहभागीको समेत सहयोगका कारण यो पालिका पूर्ण रुपमा सुरक्षित पालिका बनेको हो ।
आन्दोलनका क्रममा सार्वजनिक र निजी चारपाङ्ग्रे सवारी ५४ वटा जलेका छन् । त्यस्तै ६० वटा मोटरसाइकल र चारवटा साइकल जल्दा यो पालिकामा कुनै पनि सवारी साधन जलाइएनन् । जसका कारण हल्दिवारी गाउँपालिका जेनजी आन्दोलनमा सुरक्षित पालिका बन्न पुगेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here