युगश्री मिश्रको ‘अनुरोध’ सार्बजनिक

0
140

झापा, देशमा चलेको अहिलेको जेनजी आन्दोलनको आवाज बोक्ने गीत सार्बजनिक भएको छ ।
झापा बिर्तामोड ४ निवासी १५ वर्षीया किशोरी युगश्री मिश्रले ‘अनुरोध’ बोलको गीत संविधान दिवसको अवसर पारेर सार्वजनिक गरेकी हुन् । कृष्णप्रसाद मिश्रको शब्द रचना र विशम आचार्यको संगीत रहेको सो गीत युगश्री मिश्रको स्वरमा रहेको छ ।
‘अनुरोध’ बोलको गीत युगश्री अफिसियल युवटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

देशको अवको राजनीतिक दिशा र व्यवस्था कस्तो हुनु पर्छ भन्ने विषयलाई गीतले सटिक ढङ्गले प्रस्तुत गरेको छ । हालको निर्वाचन प्रणालीको विकल्प प्रत्यक्ष निर्वाचित प्रणाली हो र अब देशले यो प्रणालीलाई अपनाउनु पर्छ भन्ने संदेश दिएको छ ।
यसैगरी भ्रष्टाचारी, बलात्कारी र देशद्रोहीलाई मृत्यु दण्डसम्मको सजाय हुनु पर्छ भन्ने माग गीतमा उठाइएको छ ।
सिमाना बाहिरको नेपाली राष्ट्रियतालाई समेत उपयुक्त कानून बनाएर नेपालसंग जोड्न गीतले सन्देश प्रवाह गर्दै अहिलेका जिम्मेवार ठाउँमा रहेका आफ्ना बाबुआमा तथा दिदी दाजुहरुलाई अनुरोध गरिएको छ ।

यहाँ क्लिक गरेर गीत हेर्न र सुन्न सकिन्छ :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here