अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित जनजीविका सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा–८स्थित शनिश्चरे पार्टी प्यालेसको सभाहलमा संस्था सञ्चालक समितिका कार्यवाहक अध्यक्ष छविलाल पोखरेलको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका सहकारी समन्वय समितिका संयोजक कृष्णप्रसाद चापागाईंले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन एवम् नीति तथा कार्यक्रम एवम् प्रस्तावहरु समितिका सचिव रुद्र खतिवडाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष २०८१/०८२मा संस्थाको जम्मा शेयर पूँजी ४३ लाख १५ हजार रुपैयाँ, निक्षेप संकलन एक करोड ५६ लाख ३६ हजार छ सय ७७ रुपैयाँ १७ पैसा, निक्षेप फिर्ता एक करोड २९ लाख दुई हजार दुई सय ६६ रुपैयाँ, कर्जा लगानी एक करोड १३ लाख ८६ रुपैयाँ, कर्जा असुली एक करोड तीन लाख ७१ हजार पाँच सय ५७ रुपैयाँ ३४ पैसा, लगानीमा रहेको कर्जा एक करोड ४५ लाख ८८ हजार ७० रुपैयाँ तीन पैसा, कोषमा १७ लाख ७८ हजार १३ रुपैयाँ ४६ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा असल उद्यमीतर्फ शान्तिदेवी थापा, उत्कृष्ट बचतकर्ता दिपीका राउत, उत्कृष्ट बाल बचतकर्ता इभान गोदार थापा, गत शैक्षिक वर्ष २०८१को एसईई परीक्षामा शेयर सदस्यहरुका सन्तानमध्ये उत्कृष्ट जीपीएसहित उत्र्तीण हुन सफल रोजिया आचार्य(३.७५) र सुष्टी दाहाल(३.०३) सम्मानित एवम् पुरस्कृत भएका थिए । त्यस्तै संस्थाका निवर्तमान कर्मचारीद्वय कमलादेवी गौतम र कविता नेपाललाई सम्मान पत्रसहित विदाई गरिएको थियो ।
कार्यक्रमममा संस्थाका संस्थापक अध्यक्ष खेम नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सदस्य तिलचन अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य ऋषीकुमार पोखरेलले गरेका थिए ।
सोही सभाले बाँकी दुई वर्षे कार्यकालको लागि रिक्त रहेको अध्यक्षसहितको विभिन्न पदहरुमा पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरेको समितिका सदस्य इन्द्रप्रसाद गिरीेले जानकारी दिए । जसअनुसार अध्यक्षमा छविलाल पोखरेल, उपाध्यक्षमा ऋषीकुमार पोखरेल र सदस्यमा खड्ग नेपाल तथा लेखा समिति संयोजकमा गंगा प्रसार्ई र सदस्यमा हिमालय पौडेल चयन भएका छन् ।































