श्रीमतीलाई हतियार प्रहार गरेर श्रीमानले गरे आत्माहत्या

0
69

इलाम : शाखेजुङका प्रकाश राईले श्रीमतीलाई खुकुरी प्रहार गरि आफुले आत्माहत्या गरेका छन् । इलाम नगरपालिका १ का ४५ वर्षका उनले श्रीमती टिकामाया म्ुखियालाई आज खुकुरी प्रहार गरेक हुन् ।

खुकुरी प्रहारबाट टिकामायाको टाउको र बाँया हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी इलामका सूचना अधिकारी तथा डिएसपी सन्जिव बोगटीले जानकारी दिए । उनका अनुसार बिहान दशबजेतिर राईले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । पछि खोजतलास गर्ने क्रममा घर नजिकै उनले पनि झिंगीको रुखमा झुन्डिएर आत्माहत्या गरेको बताइएको छ ।

रक्से प्रहरी चौकीबाट प्रसनि रोजन नेम्वाङको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल इलाम तर्फ पठाईएको थियो । यहाँ उपचार सम्भव नभएपछि झापाको विर्तासिटी पठाइएको छ । घाईते श्रीमती मुखिया बोल्न नसक्ने र अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रसनि नेम्वाङको कमाण्डमा टोलीले घटनास्थल सुरक्षित राखिएको छ । अनुन्धान तथा कानुनी प्रकृयाको लागी इप्रका मंगलबारे इलामबाट प्रनि मोहन लाल आँगा श्रेष्ठको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here