भानु माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः राई

0
262

धरमपुर ।

झापाको शिवशताक्षी नगरपालिका–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित भएका छन्।

सर्वसम्मत प्रक्रियाबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका राई यसअघि पनि अध्यक्ष रहँदा विद्यालयको पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान दिएका थिए।

नवगठित समितिमा पवित्रा मिश्र (दाहाल), निला भट्टराई, मन्दिरा लिम्बू, विषादेवी फुयाल र मनिकुमार लिम्बू सदस्य रहेका छन्। वडा अध्यक्ष भाष्कर न्यौपाने पदेन सदस्य र विद्यालयका प्रधानाध्यापक गणेश चम्लागाई सदस्य–सचिव रहेका छन्।

विद्यालयले आगामी शैक्षिक सत्र २०८२–०८३ देखि कक्षा ११ र १२ सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि सरोकारवाला निकाय, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको नवनियुक्त प्रधानाध्यापक गणेश चौलागाईले जानकारी दिए।

गत शैक्षिक वर्षको एसइई परीक्षामा भानु माध्यमिक विद्यालयले उच्च उत्तीर्ण दर कायम गरेको थियो। वडा कार्यपालिकाको सहयोगमा सञ्चालित निःशुल्क कोचिङ कक्षाले विद्यार्थीको शैक्षिक नतिजा सुधारमा महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here