मोरङ।

मोरङको विराटनगर महानगरपालिका–१७ बाट स्रोत नखुलेको अवैध रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाईकल चालक विराटनगर–१८ का ४१ बर्षीय बिरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।































