बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशन फाउण्डेशन प्रालिले सामाजिक उत्तरदायित्वको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको छ । शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिर्तामोड एजुकेशन फाउण्डेशनले जेनजी विद्रोहपछि क्षति ग्रस्त भएको प्रहरी चौकी पुर्ननिर्माण अभियानमा महत्वपूर्ण सहयोग गरेको छ ।
गत भदौ २४ गते भएको जेनजी विद्रोहका क्रममा बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी तथा प्रहरी चौक बिर्ताबजारको पुर्ननिर्माण अभियानमा बिर्तामोड एजुकेशन फाउण्डेशनले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक तथा जेन्सी सामग्री सहयोग गरेको फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको पुर्ननिर्माणमा एक लाख नगदका साथै प्रहरी चौकी बिर्ताबजारलाई सिलिङ्ग फेन चार थान,टेबल एक थान र एक थान कुर्सी प्रदान गरिएको छ । शान्ति सुरक्षा बिना सुन्दर समाजको परिकल्पना समेत गर्न नसकिने भन्दै यो बेला सबैले हातेमालो गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
शान्ति सुरक्षा भएमा मात्रै आफ्नो ब्यपार–व्यवसाय ढुक्कले गर्न सकिने भएकाले भौतिक रुपमा ठूलो क्षति पुगेका प्रहरीको संरचना निर्माणमा सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाई छ । बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।
फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत नै बीरता जेसीजसंगको सहकार्यमा निःशुल्क कम्प्युटर कक्षा समेत सञ्चालन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका उपाध्यक्ष समेत रहनुभएका कार्कीले व्यवसायिक क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउनुका साथै सुरक्षित समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो ।






























