झापा ।

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ का २७ वर्षीय सहिल मो मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
हात्तीले कुल्चँदा उनको आन्द्राभुँडी बाहिर निस्की घोप्टो परेको अवस्था शव फेला परेको डीएसपी खडकाले बताए । घटना स्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।






























