शीर्ष तीन दलका नेता राजनीतिक सुकुम्वासी भएको प्रसाईको आरोप

0
73

झापा, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले शीर्ष तीन दलका नेता राजनीतिक सुकुम्वासी भएको आरोप लागाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक सुकुम्वासी भएको आरोप लगाए ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रसाईले भने – जेनजी आन्दोलनपछि उनीहरु सुकुम्वासी मात्रै भएका छैनन् उनीहरु राजनीति सुकुम्वासी भएका छन् । अहिले उनीहरुको पैसा डढेको छ , घर जलेर नष्ट हुँदाभएसंगै सुकुम्वासी मात्र होइन उनीहरु राजनीतिक सुकुम्वासी भएका छन् ।
अब उनीहरुलाई कसैले नपत्याउने प्रसाईको दावी छ । वंगलादेशको वाछिटा नेपालमा छि¥यो भन्दा सुरुमा मलाई पत्याएनन् । तैले त्यही बेला भनेको थिए तिमीहरु कट्ट् लगाएर भाग्न पाउँदैनौं भनेर प्रसाईले भने आज नेताको कुन हविगत भएको छ ।
नेकपा एमालेका अध्यक्ष ओलीलाई र उनका कार्यकर्तालाई हामीले गल्ती ग¥यौं अब सच्चिन्छौं भन्दै प्रसाईको घरमा आउन आग्रह गरे । आफू केही समय झापामै बस्ने र दुलावाट चिहाउनुको सट्टा घरमै आएर मलाई भेटेर बाल्मीकि जस्तै बन्ने अवसर प्रदान गर्नेछु प्रसाईले भने ।
आफू जेल भित्र हुँदा ओली नेतृत्वको सरकारले आफ्नो बीएण्डसी अस्पतालको खाता बन्द गरेको उनको आरोप छ । ओली प्रति आक्रामक शैंलीमा प्रस्तुत भएका प्रसाईले आफू जेलमा रहदा श्रीमतीलाई छोरीलाई समेत हत्कडी लगाएको बताए । श्रीमती र छोरीलाई हत्कडी लगाउने ओलीलाई आफूले बद्ला लिएरै छाड्ने दावी गरे ।
केपी ओलीकै कारणसबै पार्टीहरु सक्किएको उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here