नियुक्ति भएको एक सातामै प्रधानाध्यापकले राजनीतिबाट सन्यास लिए

0
232

विनोद सापकोटा
झिलझिले ।

विद्यालय भनेको पढाइ–लेखाइको ठाँउ मात्र होइन । भविष्य निर्माणको आधारशिला पनि हो । यो सन्देशलाई शिवशताक्षी नगरपालिका–३ पाराबारीको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश चम्लागाईंले प्रमाणीत गरिदिएका छन् । आफू संलग्न रहेका सबै राजनीतिक जिम्मेवारीबाट उनले एउटा विज्ञप्ती प्रकाशन गरेर सो मार्फत राजीनामा दिएका छन् । उनि एक साता अघि मात्र सो विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएका थिए ।

चौलागाईं नेकपा (माओवादी) केन्द्र्रका कार्यकर्ता समेत थिए । त्यसैको बलमा उनि सो पार्टीको शिक्षकहरुको छाता संगठन एकिकृत अखिन नेपाल शिक्षक संगठनको नगर अध्यक्ष बनेका थिए ।
विद्यालय व्यवस्थापन समितिको गत असोज ६ गतेको निर्णयअनुसार प्रधानाध्यापक नियुक्त भएपछि उनले राजनीति भन्दा माथि उठेर विद्यालय नेतृत्व गर्ने निर्णय गरे । शनिवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै आफूले एकिकृत अखिन नेपाल शिक्षक शिक्षक संगठन र दलको सदस्यता दुवै पद त्यागेर अब बाँकी जीवन स्वतन्त्र रुपमा शैक्षिक क्षेत्रमै समर्पित हुने घोषणा गरे ।

उनको यस कदमलाई अभिभावक, शिक्षक तथा विद्यार्थीले स्वागत गरेका छन् । उनीहरूका अनुसार विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा राजनीति प्रवेश गर्दा अनावश्यक विवाद र प्रभाव बढ्ने सम्भावना हुन्छ । चौलागाईंले गरेको निर्णयले विद्यालयलाई तटस्थ र स्वच्छ वातावरण दिन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

कुनै शिक्षक वा प्रधानाध्यापकले दलगत सक्रिय सदस्यता लिन नहुने कानुनी प्रावधान छ । यस हिसाबले चौलागाईँको यो कदम कानुनी दृष्टिले समेत उचित ठहरिन्छ । शिक्षा संग सरोकार राख्ने अग्रज भन्छन्, ‘यो उहाँको व्यक्तिगत निर्णय मात्र होइन । सामुदायिक विद्यालयहरूलाई राजनीतिमुक्त बनाउन गरिएको महत्वपूर्ण पहल पनि हो ।’

‘प्रधानाध्यापकले गर्ने सबैभन्दा ठूलो काम समन्वय हो । त्यो सहज बनाउन तटस्थता आवश्यक छ । अब मेरो सम्पूर्ण ध्यान विद्यार्थीको भविष्य र विद्यालयको सुधारमा केन्द्रित हुनेछ,’ चौलागाईँले भने ।

जिल्लाका अधिकांस सामुदायिक विद्यालय नेतृत्व गर्ने पदमा बसेका व्यक्तिहरू राजनीतिक प्रभावमा फसेको आरोप लाग्ने गरेको छ । तर, चौलागाईंले देखाएको साहसिक राजनीतिक कदमले शिवशताक्षी नगरपालिकाका अन्य सामुदायिक विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूलाई पनि प्रेरणा दिने धेरैको विश्वास छ ।

विद्यालयको गुणस्तर सुधार, पुर्वाधार निर्माण लगायतका हर योजनामो सबैलाइ साथ दिन भनेका छन््, ‘विद्यालयलाई उत्कृष्ट बनाउन अभिभावक, शिक्षक र समाज सबैको सहयोग अपरिहार्य छ । म तटस्थ भएर सबैको अपेक्षा पूरा गर्ने प्रतिबद्धता गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here