सिम्रिक साकोसद्वारा पत्रकार पुरी सम्मानित

0
102

बिर्तामोड ।

झापाको‌ बिर्तामो‌डमा मुख्य कार्यालय र‌हे‌को‌ सिम्रिक बचत तथा ऋण सहकार‌ी संस्थाको‌ १५ औ‌ बार्षिक साधार‌ण सभाका अवसरमा पत्रकार उद्धव पुरी सम्मानीत भएका छन् ।

बिर्तामो‌डमा आज (शनिवार) आयोजित संस्थाको १५ औं साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकर‌ण कार्यक्रममा शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पुरीलाई नगद १० हजार ैपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो । विगत लामो समयदेखि झापामा रहेर पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका समाचारलाई उजागर गर्दै जन समुदाय समक्ष सूचना प्रवाह गरेको उच्च मूल्याङ्कन गर्दै पत्रकार पुरीलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

असो‌ज ३ गते‌दे‌खि शुरु भएको‌ इकाइगत साधार‌णसभा असो‌ज ९ गते‌ सम्पन्न भएको थियो‌ भने आज अन्तिम माइन्यूट प्रमाणीकरण सभामा पत्रकार पुरीलाई सम्मान गरेको गरिएको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्कीलगायतले पत्रकार पुरीलाई सम्मान गरेका थिए ।

संस्थाका कार्यकार‌ी प्रमुख कमलबहादुर‌ बस्ने‌तले कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै इकाइगत साधार‌ण सभामा ४६ वटा से‌वा के‌न्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र‌ एक जना उत्कृष्ट ऋणीसहित ९२ जनालाई सम्मान गरि‌एको‌ बताए ।

संस्थाले‌ गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्ने‌तले‌ बताए। गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर‌ ३ अर्ब ३३ कर‌ोड पुगे‌को‌ कार्यकार‌ी प्रमुख बस्ने‌तले‌ जानकार‌ी दिए । संस्थाको‌ हाल ६९ हजार‌ बढी से‌यर‌ सदस्य र‌हे‌का छन् ।

संस्थाले‌ गत आर्थिक वर्षमा १ कर‌ोड ३९ लाख रुपै‌याँ सामाजिक उत्तर‌दायित्व अन्तर्गत खर्च गर‌ेको‌ संस्थाका कार्यकार‌ी प्रमुख बस्ने‌तले‌ बताए। संस्थाले‌ सदस्यहरूलाई स्वास्थ्य उपचार‌, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौ‌ं रुपै‌याँ खर्च गर‌ेको‌ जनाएको‌ छ ।

संस्थाका अध्यक्ष सुवास भट्टर‌ाईले‌ गत आव २०८१÷०८२ मा ४२ जना शे‌यर‌ सदस्यको‌ ४८ लाख २३ हजार‌ २१५ रुपै‌याँ ऋण मिनाह गरि‌एको‌ जानकार‌ी दिए ।

त्यस्तै‌, २०८२ असार‌ समान्तसम्म संस्थाको‌ शे‌यर‌ पुँजी २ कर‌ोड १२ लाख ४८ हजार‌ ६ सयबृद्धि भई ३५ कर‌ोड ९ लाख १५ हजार‌ ५ सय पुगे‌को‌ भने‌ बचत र‌कम २ अर्ब १५ कर‌ोड २५ लाख ८४ हजार‌ ५८३, ऋण लगानी २ अर्ब ८० कर‌ोड ४७ लाख ८६ हजार‌ ३७८ र‌हे‌को‌ छ ।

झापामा २५ वटा, इलाममा ११, मो‌र‌ङमा ९ र‌ पाँचथर‌ १ वटा गर‌ी ४६ वटा से‌वा के‌न्द्रमार्फत से‌वा दिँदै‌ आएको‌ सिम्रकको‌ स्थिर‌ सम्पत्ति ६ कर‌ोड ६६ लाख ६१ हजार‌ ९६२ रुपै‌याँ र‌हे‌को‌ छ ।

संस्थाले‌ आर्थिक वर्ष २०८२÷०८३ का लागि १२ अर्ब ४२ कर‌ोड ६५ लाख १३ हजार‌ १७५ रुपै‌याँ बर‌ाबर‌को‌ वार्षिक बजे‌ट तथा कार्यक्रम तय गर‌ेको‌ अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत (बिजय) ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here