झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी कार्यालय पुनः निर्माणका लागि बिर्तामोड उद्योग वाणिज्य संघको अनुवाइमा १२ लाख बढी रकम प्रदान गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको क्षतिग्रस्त भवन पुनः निर्माणका लागि संघको अनुवाइमा संकलित १२ लाख बढी रकम प्रदान गरिएको हो ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयका ११ वटा भवन पुनः निर्माणका लागि संघमा संकलित रकम युवा व्यवसायी पदम श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ सहित रमेश चौधरी, सजेश शिवाकोटी, वीपिन बजगाई र बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको अगुवाइमा प्रहरी कार्यालयका भवन पुनः निर्माणको काम अघि बढाइएको छ ।
एनवाईइएफ झापाका गणेश पौडेल,झापा गोल्डकपका अध्यक्ष तथा क्रसर व्यवसायी केदार गिरीद्वारा एक लाख ११ हजार, सम्भावी फुड एण्ड बेबरेजद्वारा ५१ हजार, नेपाल सुनचाँदी व्यवसायी संघद्वारा ५० हजार, मेची डिष्ट्रिव्युटर्स एशोसिएसन सुरेशकुमार अग्रवाल भद्रपुरेद्वारा ५१ हजार, मोवाइल एशोसिएसन र टायल्स तथा मार्वल व्यवसायीद्वारा ५० हजार, अनारमनी प्रोपर्टी डिलर एशोसिएसनद्वारा २५ हजार, सञ्जिव चापागाई तथा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा २५ हजार, व्यवसायी पर्वत कार्कीद्वारा २५ हजार, नेपाल औषधि व्यवसायी संघ झापाका अध्इक्ष जीवन खड्काद्वारा २५ हजार,झापा फलफूल तथा तरकारी व्यवसायी संघद्वारा २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै टिभिएस सोरुमका तर्फबाट सजेश शिवाकोटीले २५ हजार, क्वालिटी कम्प्युटरका सञ्चालक दिपेश पाठकले २१ हजार, कृष्णकुमार तथा नवीन कुमार अग्रवालले २१ हजार, सुरेश वंशल २१ हजार, उमेश डालमिया २१ हजार, त्रिदेव ट्रेड लिङ्ग २१ हजार, वजरंग राठी २१ हजार, नेपाल चार्टर एशोसिएसन संघ झापाले ५१ हजार, अर्जुनधारा जलेश्वर धाम ५१ हजार, बिर्तामोड एजुकेशन फाउण्डेशन एक लाख , मोहन ढकाल –कल्पतरु केरियर) ५० हजार, जलकुमार गुरुङ ५० हजार, गोपाल खाती ११ हजार एक सय ११ रुपैयाँ , वैकर एशोसिएसन एक लाख ६० हजार, मेची आँखा अस्पताल एक लाख ५० हजार, लिटल फ्लावर्स इङ्लिस स्कूलले तीन लाख रुपैयाँ बरावरको एक थान मोटरसाइकल प्रदान गरेको बिर्तामोड उद्योग वाण्ज्यि स.घका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
केही व्यवसायीले इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा नै उक्त सामग्री प्रदान गरेभने केही व्यवसायीले बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच रकम प्रदान गरिएको संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार सो रकम प्रिहरी भवन निर्माण कार्यमा क्रग्रसर रहेका युवा व्यवसायी पदम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।






























