एकका लागि एक अभियानले दियो इप्रका तथा ट्राफिक कार्यालय दमक पुनःनिर्माणका लागि सामग्री

0
56

दमक ।

एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालयलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । अभियानले आज (सोमवार) प्रहरी कार्यालयमै पुगेर दुई लाख रुपैयाँ बाराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

अभियानले २० थान खाट, दुई सेट कम्प्युटर, एक सेट प्रिन्टर, २५ थान झुल दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री प्रदान गरेको हो । एकका लागि एक अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सदस्यहरु नवीन गट्टानी, हेम खड्का, एकराज गिरी, राजेन्द्र चौलागाईं, बिनोद पाण्डेले

इलाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय पुनर्निर्माण समितिका तर्फबाट गोपाल गुरागाईं, डीएसपी राम तिम्सिना तथा खोम बगाले, प्रेम कोइराला (सहकारी संघ अध्यक्ष),चुडामणि ओझा, रोशन गौतम, याम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

एकका लागि एक अभियानले यसअघि झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई ५ लाख नगदसहित एक लाख मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको थियो भने कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गालाई पनि दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्थान्तरण गरेको थियो ।

अभियानले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बिर्तामोड, सुरुङ्गा र दमकलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सोही अनुरुप रकम र अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here