झापा, झापाली समाज साउदी अरबले शिवसतासी नगरपालिका–४ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान एलइडी प्रदान गरेको छ ।
विद्यालयमा आयोजित विशेष समारोहकाबीच समाजका तर्फबाट एलइडी प्रधानाध्यापक नारायणप्रसाद चापागाईंलाई प्रदान गरिएको थियो ।
शिवसताक्षी नगरपालिका ४ का वडा अध्यक्ष बिष्णुप्रसाद प्रसाईको विशेष अतित्य रहेको कार्यक्रममा समाजका अध्यक्ष रबिन गिरी सहितले एलइडी प्रदान गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले समाजको तर्फबाट विद्यालयलाई सहयोग पु¥याएको गिरीको भनाई छ ।
विदेशमा रहँदा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताएका अध्यक्ष गिरीले आगामी दिनमा समेत सहयोग पु¥याउने विचार व्यक्त गरे ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष राजेन्द्र थापा, सह–सचिव देवीबहादुर कार्की, सदस्य राजिव श्रेष्ठ, र सदस्य कृष्णमाया हुमागाई सहभागी थिए ।
विद्यालयका प्रधानाध्यापक चापागाईंले सहयोगी हातहरु प्रति कृतज्ञता प्रदान गर्दै प्रप्त उपकरणले विद्यालयमा सूचना प्रवाह, दृश्य शिक्षण र कार्यक्रम सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।































