झापा । झापाको दमक – ७ स्थित पशुहाटमा शुक्रवार एक व्यक्ति मृत फेला परे । पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शब फेला परेपनि शवको हालसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार शवको प्रकृत्ति हेर्दा दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ ।
अन्दाजी ५० वर्षीय पुरुषाको मृत्यु शंकास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको अवस्थामा पनि कानूनी प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमको लागि मोरङको उर्लावारी पठाइएको उहाँले बताउनुभयो ।
यसैबीच घटनामा संलग्न भएको आशंकामा हामीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं– प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले भन्नुभयो ।
शनिवार विहानका राति अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको उहाँको भनाई छ । उनीहरुको नाम गोप्य राखिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिमा राखिएको बताइएको छ । –––





























