मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस

0
83

झापा,  । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने सिल्पर सिटसहितको प्रविधि मैत्री थप दुईवटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।


मितेरी यातायात एण्ड अटो प्रालिले शुक्रबार चारआली स्थित पाउ पाथिभरा मन्दिरमा पूजा गरेर विरामी सुतेर यात्रा गर्न मिल्ने अत्याधुनिक प्रविधि मैत्री बस सञ्चालनमा ल्याएको हो ।
यात्रुहरूका लागि काँकरभिट्टादेखि काठमाडौंसम्म ४ वटा सिटमा सुतेर आरामले यात्रा गर्न मिल्ने सिल्पर सिटसहितको ४१ वटा सोफासिट, सिसि क्यामेरा, वाईफाई, वातानुकुलित, हिटर लगायतका सुविधाहरु रहेका छन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष समेत रहेका मितेरी यातायात एण्ड अटो प्रालिका सञ्चालक सदस्य हेमराज दाहालले मितेरीका ३० वटा बढी गाडीहरू देशका कुना काप्चासम्म यात्रु वर्गलाई सेवा दिईरहेको जानकारी दिए ।
यात्रुको ढिकिमा राखिएका सामानहरू साटिने, हराउने सम्भावनालाई मध्येनजर गरेर गाडीको सबैतिर सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको दाहालले बताए ।
उक्त बस काँकरभिट्टा, बिर्तामोड र ईलामदेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा, भोजपुर, थेह्रथुम, संखुवासभा, विरगंज लगायत सबै ठाउँमा यात्रुहरूलाई सुविधा प्रदान गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here