उद्यमशील महिला जागरण केन्द्रको सातौं सभा, अध्यक्षमा पुन : शान्ता

0
65

कमल ।

उद्यमशील महिला जागरण केन्द्रको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ केर्खामा सम्पन्न साधारण सभा बाट आगामी कार्यकालकालागी अध्यक्षमा पुनः शान्ता उप्रेती दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष हेमलता भट्टराई गुरागाँई सचिव यसोदा पौडेल दाहाल सहसचिव चन्द्रा नेपाली, कोषाध्यक्ष ईन्दिरा गौतम समेत चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा मिथिला श्रेष्ठ, अश्मिता चेम्जुङ्ग, तुलसा न्यौपाने, टिकामाया थापा, मनमाया कार्की र अम्बिका दाहाल चयन हुनुभएको निर्वाचन समितिका सदस्य चक्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

संस्थाले साधारण सभाको अवसरमा संस्थालाई सहयोग गरेको भन्दै कोशी प्रदेशका निवर्तमान सभासद ईन्दिरा राई र सस्थाले प्रदान गरेको तालिम पछि आफु उद्यमी बन्दै अरुलाई समेत उद्यमी बन्न प्रेरित गरेकोमा सस्थाका सदस्य हिमकला चापागाईलाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

अबका दिनमा सस्थाले तालिम मात्र दिन होईन तालिम दिएका सदस्यलाई थप उद्यशिल बनाउन तर्फ लाग्नु सस्था लाग्नु पर्छ । गाउँपालिकाले समेत आगामी दिनमा तालिम प्राप्त व्याक्तिलाई उद्यमशिल बताउन तर्फ लाग्ने कमल ३ का वडा अध्यक्ष अन्नि प्रसाद कोईरालाले बताउनुभयो ।

संस्थाकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा भएको साधारण सभामा कोशी प्रदेशका निवर्तमान सभासद ईन्दिरा राई ,समावेशी महिला शसक्तिकरणकी अध्यक्ष पुर्णिमा देवान, कमल ४ की वडा सदस्य जमुना खतिवडालगायतले साधारण सभाको सफलताका साथै नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्याक्त राख्नु भएको थियो ।

कार्यक्रम सस्थाका सचिव नन्दा कुमारी लिम्बूले सन्चालन गर्नु भएको थियो भने झुमा सेडाई विष्णुमाया गौतमले शाब्दिक शाब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here