सुनसरी ।

सुनसरीका छुट्टा–छुटै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले भारतको सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा चार वटा बोरामा राखेर लैजादै गरेको एक सय २० किलोग्राम गाँजा हित भारतको सुपौलका २० बर्षीय मोहमद ईम्तियाज पक्राउ परेका हुन् ।
पक्राउ परेका सबैजनाको विषयमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































