विराटनगर ।

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को ४ प ७४२ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा–१० का २८ बर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा–९ का ३८ बर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर–१६ बाट पक्राउ गरेको छ ।
त्यस्तै झापाको भद्रपुर–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–४ का ३० बर्षीय पुरण बिश्वकर्मालाई दुई ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर–१३ बाट प्रतिबन्धित औषधी लोरी एक सय ६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित मेचीनगर–३ का ३० बर्षीय प्रशान्त सेन्चुरीलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























