कृष्ण हुमागाईंको आग्रह : सहकारीलाई पारदर्शी बनाएर जनविश्वास जित्नुपर्ने

0
20

झापा, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले आर्थिक अनुशासन पालना गर्दै सहकारी संस्थालाई पारदर्शी बनाएर जनविश्वास जित्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाली कांग्रेस झापा सहकारी विभागले आयोजना गरेको सहकारीकर्मीहरूको भेलामा प्रमुख अतिथि भएर सम्बोधन गर्दै उहाँले केही सहकारीमा भएको आर्थिक अपचलनले जनविश्वास घटाएको उल्लेख गर्दै, सञ्चालक समितिका सदस्यले संस्थाबाट ऋण लिन नपाउने नियमको पालना गर्न सुझाव दिनुभयो।

उहाँले सहकारीमा विषयगत विशेषज्ञको प्रतिनिधित्व हुनुपर्ने र संस्थालाई उदाहरणीय बनाउन सबैलाई आग्रह गर्नुभयो।

कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भट्टराईले सहकारी नेतृत्वकर्ताले स्वमूल्याङ्कन र स्वअनुशासन पालना गर्नुपर्नेमा जोड दिनुभयो। स–सानो पूँजी संकलन गरेर आर्थिक गर्जो टार्ने सदस्यहरूको भावना सम्मान गर्न सक्दा मात्र सहकारीले जनविश्वास जित्ने उहाँको भनाइ थियो।

कार्यक्रमको अध्यक्षतामा दुर्गाप्रसाद सापकोटा र सञ्चालन राजेन्द्रप्रसाद रिजालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ झापाका महिला उपाध्यक्ष देविका निरौला बस्नेत, सदस्य पुष्पा अधिकारी, कोशी प्रदेश सहकारी विभागका सदस्य विरेन्द्र पोखरेलसहित जिल्लाभरिका सहकारीकर्मीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here