इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0
75

झापा,इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आयोजनामा आज बिर्तामोड–३ स्थित दुर्गा मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानव जीवन बचाउन र आकस्मिक अवस्थामा आवश्यक रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्। 
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सभापति लोकराज ढकाल रहेका थिए। उनले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता मानवसेवामूलक कार्य सञ्चालन गर्ने इनरह्वील क्लबलाई प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ढकाललाई मानव सेवा, रक्तदान प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै क्लबले दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरी सम्मान गरेको क्लबकी अध्यक्ष लुना बस्नेतले जानकारी दिइन्।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव कमला पौडेलले गरेकी थिइन्। अध्यक्ष बस्नेतले स्वागत मन्तव्य राख्दै रक्तदान कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेकी थिइन्।
कार्यक्रममा शिक्षा सेवि खिलनाथ शिवाकोटी, बिर्तामोड रेडक्रसका सभापति मनोज अग्रवाल, विरता जेसिज बिर्तामोडका अध्यक्ष युवराज कुँवर, पूर्व अध्यक्ष प्रविण खड्का, सामाजिक व्यक्तित्वहरू सजेश शिवाकोटी, जगत शर्मा, बिरेन कोइराला, बिष्णु आचार्य, र सन्तोष राजवंशी लगायतको आतिथ्यता रहेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here