‘जेनजी’ आन्दोलनमा लुटिएको हतियारसहित किशोर पक्राउ

0
75

गण्डकी,

गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको एक थान चाइनिज पेस्तोलसहित पोखरा महानगरपालिका–४ का १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, बगरबाट लुटिएको उक्त पेस्तोल म्यागजिन नभएको अवस्थामा बरामद गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ गरिएका ती किशोरलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको खोजी र पहिचान गरी नियन्त्रणमा लिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here