प्रिन्सिपल खनाल र संस्थापक अध्यक्ष राईलाई सम्मान

0
67

सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा रहेको हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल र बेलबारी नगरपालिका वडा नम्बर ४ मा रहेको डेल्टा इंग्लिस स्कुलका संस्थापक अध्यक्ष पर्वत राईलाई सम्मान गरिएको छ।

पूरातन वैद्धिक सनातन धार्मिक प्रवर्धन समिति स्वतन्त्र नागिरक समाज सुन्दरहरै‌चा र इन्द्रपुर समस्त भजन सञ्जालकाे सम्युक्त आयाेजनामा भएको नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजलाई सुन्दरहरैंचा ९ विराटचोकस्थित श्री कालीमन्दिरमा बृहत् नागरिक अभिनन्दन कार्यक्रममा प्रिन्सिपल खनाल र अध्यक्ष राईलाई सम्मान गरिएको हो।

उनीहरु दुवै जनाले एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल गरेको भन्दै सम्मान गरिएको स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले जानकारी दिए । सम्मानित हुन पाउँदा अत्यन्त हर्षित भएको बताउदै उनीहरुले माया र सम्मानको लागि आयोजक संस्थाहरू प्रति प्रिन्सिपल खनालले आभार व्यक्त गरेका छन्।

यस्तै अध्यक्ष राईले पनि सम्मान मेरो लागि गर्व मात्र नभएर, जिम्मेवारी पनि थपिएको बताउदै अझ राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरुले शिक्षा क्षेत्रमा पुर्याएकोको उच्च मूल्यांकन गर्दै मलेसियाको लिंकन युनिभर्सिटीमा गत महिना अवार्ड अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here