शिवसताक्षीमा एमालेको बृहत् मोटरसाइकल ¥याली

0
563
  • जनजागरण अभियानमा उत्साह, ‘जेनजी आन्दोलन’ माथि प्रश्न
विनोद सापकोटा, 
झापा ,  नेकपा (एमाले)ले सञ्चालन गरिरहेको देशव्यापी जनजागरण अभियान अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा मङ्गलबार बृहत् मोटरसाइकल ¥याली सम्पन्न भएको छ ।
¥यालीमा नगरका विभिन्न टोल र गाउँका हजारौं कार्यकर्ता, समर्थक र युवाको उत्साहपूर्ण सहभागिता रहेको पार्टीले जनाएको छ ।
दुधेबाट सुरु भएको ¥याली झिलझिले, बोलोचोक र जनता हुँदै शिवगञ्जमा पुगेर कोणसभामा परिणत भएको थियो।
पार्टीका नगर सचिव लक्ष्मी गुरागाईंका अनुसार करिब एक हजार मोटरसाइकल र तिनमा सवार १ हजार ३ सयभन्दा बढी कार्यकर्ता र समर्थकले पार्टीको झण्डा, ब्यानर र नारा बोकेर सहभागिता जनाएका थिए।
“¥यालीमा युवाहरूको सहभागिता अत्यन्त उत्साहजनक रह्यो,” गुरागाईंले भने, “यसले जनजागरण अभियानलाई थप गति दिएको छ।”
‘जेनजी आन्दोलन एमालेविरुद्ध नियोजित थियो’
शिवगञ्जमा सम्पन्न कोणसभामा राष्ट्रिय युवा सङ्घ नेपाल, झापा अध्यक्ष फुर्वा लामाले हालै सम्पन्न ‘जेन्जी आन्दोलन’को औचित्यमाथि प्रश्न उठाउँदै त्यसलाई एमालेविरुद्ध नियोजित अभियानको रूपमा प्रस्तुत गरे।
उनले काठमाडौँका मेयर बालेन्द्र शाहलाई सो आन्दोलनको औचित्य पुष्टि गर्न चुनौती दिंदै भने,
“यदि उनले त्यसको औचित्य पुष्टि गर्न सकेनन् भने अब नेपाली जनताले ठेगान लगाउनेछन्।”
लामाले सो आन्दोलनपछि एमाले नेताका घर र सम्पत्तिमाथि भएको आक्रमण तथा आगजनी घटनाको कडा विरोध गर्दै त्यसले लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिमाथि आघात पु¥याएको बताए।
उनका अनुसार,“एमाले देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति हो। करिब सात लाख संगठित सदस्य भएको यो पार्टीमा देशका आधाभन्दा बढी जनताको विश्वास र झुकाव छ। यस्तो जनताको पार्टीमाथि कसैले हात हाल्ने दुस्साहस नगरोस्।”
संगठन सुदृढीकरणमा जोड
कोणसभाको अध्यक्षता नगर कमिटी अध्यक्ष मेदनी दङ्गालले गरेका थिए भने कार्यक्रमको सहजीकरण उपसचिव सागर थुलुङ राईले गरेका थिए।
स्थानीय नेताहरूले जनजागरण अभियानले पार्टी संगठनलाई सुदृढ र मतदातासँगको सम्बन्धलाई घनिष्ठ बनाउने विश्वास व्यक्त गरे।
उनीहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै एमालेलाई पहिलो शक्ति बनाउने संकल्प पनि व्यक्त गरे।
¥यालीपश्चात कार्यकर्ताहरूले नाचगान र सांस्कृतिक प्रस्तुतिमा सहभागी भई शिवसताक्षीको वातावरण उत्साहमय बनाएका थिए।
‘स्थिरता, सुशासन र विकासका लागि एमाले नेतृत्व आवश्यक’
¥यालीका सहभागीहरूले “स्थिरता, सुशासन र विकासका लागि एमाले नेतृत्व आवश्यक छ” भन्ने नारासहित सडकमा जुलुस निकालेका थिए।
¥याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ।
एमालेको जनजागरण अभियानले झापामा संगठन सुदृढीकरणसँगै कार्यकर्ता उत्साह बढाएको छ। पार्टीभित्रका नेताहरूले यस अभियानलाई आगामी निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्ने अवसरको रूपमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here