मारवाड़ी युवती मञ्चद्वारा घोडामारा विद्यालयमा सामाजिक सेवा कार्यक्रम सम्पन्न

0
126

दिपक मित्तल
झापा,  मारवाड़ी युवती मञ्चले घोडामारा आधारभूत विद्यालय, बाह्रदशीमा विशेष सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ।
मञ्चकी अध्यक्ष रीचा मङ्गलको नेतृत्वमागएको टोलीले विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसममा आवश्यक पर्ने पोशाक बितरण गरेको थियो ।
कार्यक्रममा कुल ५६ सेट हाउस ड्रेस विद्यार्थीहरूलाई वितरण गरिएको थियो । कार्यक्रममा सहभागी सबै विद्यार्थीका लागि खाजाको पनि व्यवस्था गरिएको थियो । जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
यस अवसरमा मारवाड़ी सेवा समितिका अध्यक्ष विजयकुमार गोयल, मारवाड़ी महिला मञ्चकी अध्यक्ष नीलम अग्रवाल, विद्यालयका प्रधानाध्यापक कमल चामलागाईं, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरू समेत उपस्थित थिए।
कार्यक्रमले बालबालिकामा खुशी, आत्मीयता र सामाजिक उत्तरदायित्वको भावना जागृत गरेको अनुभव गरिएको छ।
मारवाड़ी युवती मञ्चका यस्ता कार्यक्रमले समाजमा मानवता, सहयोगभावना र आपसी एकताको सन्देश फैलाउने महत्वपूर्ण योगदान पु¥याइरहेको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here