अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बिहीबारदेखि पदभार ग्रहण गरेका छन् ।
समूहको सभाहलमा निर्वाचन समितिका संयोजक दिनेशकुमार घिमिरेको अध्यक्षता र वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा उनीहरुले पदभार ग्रहण गरेका हुन् ।
गत कात्र्तिक २४ गते सम्पन्न कार्यसमितिको निर्वाचनबाट निर्वाचित उनीहरुलाई निर्वाचन समितिका संयोजक घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्षले सम्पूर्ण उपभोक्ताको भावनालाई सम्बोधन गर्दै समूहको हित हुने किसिमको कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समूहको नवनिर्वाचित अध्यक्षमा चक्रबहादुर तामाङ, उपाध्यक्षमा बुद्धकला फूँयेल ढकाल, सचिवमा शान्ता सिग्देल, सह–सचिवमा मनमाया पाण्डे, कोषाध्यक्षमा कमला आचार्य र सदस्यहरुमा गीतादेवी अधिकारी भण्डारी, गीता बराल, चन्द्रबहादुर तामाङ, प्रितम बान्तवा राई, बालकुमार लिम्बू, बिमलादेवी तामाङ, लक्ष्मीनारायण आचार्य र सविना तामाङ रहेका छन् ।
कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेल, नेकपा एमाले वडा कमिटीका अध्यक्ष माधव आचार्य, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्बरबहादुर राई, समूहका निवर्तमान अध्यक्ष देउनारायण राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कर्मचारी मनिष आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य डम्बरबहादुर प्याकुरेलले सञ्चालन गरेका थिए ।































