मधुमेह दिवस र सजगता

0
59

आज अंग्रेजी महिना नोभेम्बरको १४ तारिख आजका दिन विश्वभर मधुमेह दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइन्छ सुगर वा चिनी भनिने मधुमेह शरीरको एउटा त्यस्तो अवस्था जहाँ शरीरमा इन्सुलिन हर्मोनको उत्पादन पर्याप्त मात्रा नहुँदा अथवा उत्पादित इन्सुलित प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मधुमेह अवस्था आउँछ रगतमा चिनीलाई नियन्त्रण गर्न नसक्दा विशेषगरी स्नायु र रक्तनली लगायतका महत्वपूर्ण अङ्ग र प्रणालीहरुमा गम्भीर क्षति हुन्छ, जसका कारण मानिसको ज्यानै जान सक्छ ।

मधुमेहलाई निको नहुने रोग भनिएको छ । यो लागिसकेपछि नियन्त्रण गर्ने, व्यवस्थापन तथा विकल्प खोज्नेतर्फ लाग्नुपर्छ । मधुमेहको व्यवस्थापन रगतमा भएको चिनीको मात्रालाई घटाएर र रक्तकोषमा क्षति पु¥याउने तत्वको निवारणबाट गर्न सकिन्छ साथै रक्तचाप नियन्त्रण, कार्बोहाइड्रेटयुक्त खानेकुरा बढी नखाने, नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, धुम्रपान, मद्यपान नगर्ने र शरीरको तौल सामान्य राख्ने जस्ता उपायबाट मधुमेहलाई रोक्न र नियन्त्रण गर्न सकिन्छ। मधुमेहका कारण अन्धोपन, मृगौलाले काम नगर्ने, हृदयघात जस्ता रोग निम्त्याउन सक्छ यसका साथै शरीरका धेरै प्रणालीहरुमा गम्भीर क्षति हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले मधुमेहको व्यापकता हुँदै गएपछि त्यसलाई नियन्त्रण गर्न दिवसका रुपमा मनाउन आह्वान ग¥यो । उसको तथ्यांक अनुसार सन् १९८० को दशकमा विश्वमा दश करोड अस्सी लाख मधुमेहका बिरामी थिए । भने अहिले त्यो संख्या बढेर पचास करोड नाघिसकेको छ त्यस्तै मधुमेहबाट विश्वमा पन्ध्र लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मधुमेहका प्रकारका आधारमा उपचार विधि फरक हुने मधुमेह रोग पछिल्लो समय मध्यम तथा न्यून आय भएका देशमा बस्नेहरुमा बढी देखिन थालेको इन्टरनेशनल डाइबेटिज फेडेरेशनले उल्लेख गरेको छ । त्यसैले आजको यो दिवसले मधुमेहबिरुद्ध सचेतना जगाउन उपयोगी कार्यक्रम सञ्चालन गर्नुपर्छ सँगै हामीले पनि आधुनिकताको पछि दौडिएर परम्परागत खाद्यशैली अपनाउनुपर्छ बट्टा बन्द खाद्यवस्तु प्रोसेसिङ गरिएका खानेकुराबाट बच्नुपर्छ दिवसको सार्थकता पनि त्यसैले पुष्टि गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here