काठमाडौँ, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत हुनुहुन्थ्यो ।
डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।






























