लागूपदार्थ सेवन गरी सवारी चलाउने तीन चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

0
61

काठमाडौँ । काठमान्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका तीन जना चालक पक्राउ परेका छन्।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये बा २ ख २८११ नम्बरको हाइस चालक सिन्धुली–सुनकोशी गाउँपालिका–४ का २६ वर्षीय आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछाप–खाडादेवी गाउँपालिका–६ का ३६ वर्षीय श्रीकृष्ण खत्री र बा १९ च १३५५ नम्बरको पिकअप चालक सिन्धुपाल्चोक–जुगल गाउँपालिका–१ का ३२ वर्षीय रामहरि शिलवाल रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीले यात्रु बोक्ने तथा संवेदनशील किसिमका सवारी साधन चलाउने चालकले लागूपदार्थ सेवन गरी सवारी चलाउनु नियमविपरीत र दण्डनीय कार्य हुने भएकाले यस्तो कार्यले चालक मात्र होइन, यात्रुको ज्यानसमेत जोखिममा पर्ने चेतावनी दिएको छ।

यात्रुले आफू सवार सवारी साधनका चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रुम (१०३) तथा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त जानकारी गरिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here