देबी माध्यमिक विद्यालयमा नयाँ भवन शिलान्यास

0
76
  • २४ घण्टे आन्दोलनमा युवा पुस्तालाई दुरुपयोग गरिएको सभामुख घिमिरेको आरोप

बिर्तामोड, झापा जिल्ला बिर्तामोड नगरपालिक–५ स्थित देबी माध्यमिक विद्यालयमा ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजबंशीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच सभामुख देवराज घिमिरेले भवनको शिलन्यास गरेका छन् । कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत भवन निर्माण कार्य अघि बढाइने विद्यालयले जनाएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै सभामुख घिमिरेले देशमा हालै देखिएको २४ घण्टे आन्दोलनमा युवा पुस्तालाई दुरुपयोग गरिएको आरोप लगाए।

उनले असंवैधानिक रूपमा सरकार गठन गरिएको उल्लेख गर्दै, “नयाँ सरकारले प्रारम्भिक चरणमै राम्रो काम तथा दूरदृष्टियुक्त योजनाहरू खारेज गर्न सुरु गरिसकेको छ,” भन्दै बजेट कटौती, भवन उद्घाटन र शिलान्यास नगर्ने अस्वाभाविक नीति अपनाएर सरकार गलत मनसायबाट अघि बढिरहेको आरोपसमेत लगाए।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले स्वागत गरेको कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजनाका निर्देशक लक्ष्मीप्रसाद भट्टराई, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तीलचन भण्डारी लगायतले भवन निर्माण सम्पन्नसंगै यो विद्यालयले शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । विद्यालयमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण शुरु गरिएको हो ।
कार्यक्रमको संचालन विद्यालयका सहभाय प्रधानाध्यापक लीला प्रसाद भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here