वीरता जेसीजद्वारा खुल्ला पौडी प्रतियोगिता सम्पन्न

0
113

बिर्तामोड ।

वीरता जेसीजले ‘जेसीज सप्ताह २०२५’ अन्तरगत आज दोस्रो दिन तेस्रो कार्यक्रम सम्पन्न गरेको छ ।

वीरता जेसीजले तेस्रो कार्यक्रम अन्तरगत खुल्ला पैडी प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा १८ जनाले सहभागिता जनाएका थिए । अर्जुनधारा–६ गमस्त स्र्पोट्स हबमा आयोजित प्रतियोगितामा रुपेश माझी प्रथम भएका छन् । त्यस्तै फष्ट रन रअप टेकेन्द्र लिम्बू, सेकेण्ड रन रअप आशिष विष्ट, इमरजिङ योङ प्लेयर छेवाङ तामाङ भएका थिए । उनीहरुलाई नगद, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले जानकारी दिए ।

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारी उपाध्यक्ष भीमबहादुर कुँवर, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, पूर्वराष्ट्रिय उपाध्यक्ष सिनोटर घनश्याम चौधरी, वीरता जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष एवम् औषधि ब्यवसायी संघ झापाका अध्यक्ष सिनेटर जीवन खड्का, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य विपिन बजगाईं, सूर्योदय जेसीजका अध्यक्ष कविन सापकोटा, कनकाई क्याम्पस स्ववियु सभापति किरण गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथीसहितका अतिथीहरुले पुरस्कृत गरेका थिए । कार्यक्रमम जेसीज आस्था बाचन वीरता जेसीजका संयुक्त सचिव सुवास त्रिखत्रीले गरेका थिए भने कार्यक्रमको संयोजक मनिष न्यौपाने रहेका थिए ।

कार्यक्रममा स्वागत संघ–संस्था संयोजक भूपेन्द्र भण्डारीले गरेका थिए भने सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए । शुक्रबारबाट शुरु भएको जेसीज सप्ताह मंसीर २ गते सम्पन्न हुने जनाइएको छ । जेसीज सप्ताहमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here