ब्राउन सुगरसहित नौ जना पक्राउ

0
47

विराटनगर ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका–३ का धनबहादुर बन र हल्दिबारी–२ का राम मर्डीलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी बिर्तामोड बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले एक ग्राम तीन सय ८० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड–५ का आदेश दर्जीलाई नियन्त्रणमा लिएको हो भने कमल गाउँपालिका–३ का दिलिप कुमार भुजेललाई आठ ग्राम तीन सय ७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी–२० का गोबिन्द तामाङलाई आठ ग्राम ८९ मिलिग्राम ब्राउसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१३ स्थित सडक किनारमा को १४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर–८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर–१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर एक सय ४० ग्राम १८ मिलिग्राम बरामद भएको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर–११ बसपार्कबाट भारत अररियाका २८ बर्षीय मो.मोजाहित र २० बर्षीय राजकुमार दासको साथबाट एक सय ५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here