अराजकता मच्चाउनु हुँदैन, युवाको जायज माग सम्बोधन होस् – उपसभामुख राना

0
62

झापा, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले देशमा बढ्दो अशान्ति र अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै नेपाललाई विश्वले शान्ति क्षेत्रका रूपमा चिनेको तथ्य स्मरण गराएकी छन्।
झापास्थित निवासमा आज साँझ आयोजित कार्यक्रममा उनले भनिन्, “बुद्ध जन्मिएको देशमा अराजकता मच्चाउनु हुँदैन। वेथिति र भ्रष्टाचारका नाममा देशलाई अस्थिरतामा धकेल्नु गलत हो।”
उपसभामुख रानाले युवाहरूले उठाएका जायज मागलाई राज्यले संवोधन गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न पनि अनुरोध गरिन्।
उनका अनुसार हिजोका सरकारहरूले गरेका कमजोरीलाई ‘पाठ’ का रूपमा लिएर वर्तमान सरकारले शान्ति–सुरक्षाको दृढ वातावरण बनाउनुपर्ने आवश्यकता छ।
आगामी निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सम्बद्ध निकायलाई आग्रह गर्दै भनिन्, “निर्वाचनका कारण यो वा त्यो बहानामा कोही कसैले दुःख व्यहोर्नु हुँदैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here