इलाम,

विगठित नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सदस्य तथा लिम्बुवानमुक्ति मोर्चा केन्द्रीय सदस्य सहित सयौं नेता कार्यकर्ताले माओवादी छोडेका छन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्द करिब २७ वर्षसम्मको आफूले दुःख गरेको पार्टी विसर्जनवादतर्फ उन्मुख भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
विज्ञप्ति मार्फत नेपाली जनताले चाहेको के हो ? जनता सामु नपुगी जनताको गुनासा तथा आसहरु के हो ? नबुझी आफ्नो हैकमवादी सोच विचारलाई पुनर्स्थापित गर्दै विभिन्न पार्टीको नाममा जनता र समर्थन बिनाको व्यक्ति तथा झुण्डलाई लिएर देश र जनतालाई ढाट-छलछाम गर्ने र जेन्जी आन्दोलनका महान शहिदहरु तथा घाईतेहरुको सपनालाई कुल्चिएर नेपाली जनतालाई रनभुल्लमा पारेको आरोप लगाएका छन् ।
देश र जनताप्रति भ्रष्ट तथा दोषी ठहर भैसकेका नेतालाई भेला पारी सम्पुर्ण नेपाली जनताको माग तथा जेन्जीले उठाएका माग मुद्दा र जनताका सम्पूर्ण नयाँ निकास दिन्छौं भनि नेपाली कम्युनिस्ट पार्टी नाम गठन गरी अलग पात्र भएको हुँदा पटक-पटक ढाँट तथा छलछामको स्मरण गर्दै नेपाली कम्युनिस्ट पार्टी र नेतृत्वबाट नेपाली महान शहिदको सपना तथा घाइते र जनताको विचार तथा देशलाई अगाडि बढाउने मुद्धाहरु नेपाली कम्युनिस्ट पार्टीवाट नहुने देखिएको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
पार्टी परित्याग गर्नेहरूमा विगठित नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी सदस्य तथा लिम्बुवानमुक्ति मोर्चा केन्द्रीय सदस्य विनोद नेम्बाङ लिम्बु, माओवादी केन्द्रबाट माई नगरपालिका-६ मा निर्वाचित वडा सदस्य तथा जिल्ला समन्वय कमिटी सदस्य नरेन्द्र साम्पाङ राई, नगर कमिटी सदस्य दीपक राई, नगर कमिटी सदस्य तथा वडा कमिटी इन्चार्ज युवराज राई, अम्बिका बानिया, श्रीप्रसाद सेन्चुरी, महेन्द्र चेमजोङ, टुकेन्द्र राई, आनन्दकुमार राई, अभिमान राई, दिनेश राई, वडा कमिटी अध्यक्ष बलबहादुर लिम्बु, वाइसीएल संयोजक उदिप राई, वडा कमिटी सदस्य विक्रम राई, वडा कमिटी सदस्य तथा टोल कमिटी सचिव मिलन राई, टोल कमिटी सचिव गोपाल मगर, वडा कमिटी सदस्य मदन राई, पूर्व गाउँ जनसरकार प्रमुख हस्तबहादुर राई, कमलबहादुर राई, वीरबहादुर राई देउमान राई बुद्धिमान राई लक्ष्मी आचार्य, हर्क राई, दिपेश जवेगु, आइतराज खतरा, कृष्ण जवेगु, बुद्धराज युग्याङ, धीरज लिंगदेन, दिनेश राई, विनोद लिंङ्गदेन, नरेश राई, मनबहादुर राई, उदिप चाम्लिङ,मनबहादुर राई, रिमा मगर, कृष्ण नेम्बाङ,पुष्प राई, कुशल चाम्लिङ, कमल क्षेत्री, देउमान राई, विनोद राई, राजु राई,प्रदीप चाम्लिङ, अस्मिता राई, राजु सेन्चुरी, मनु खाती, ज्ञानेन्द्र राई, राम राई, सुरेश क्षेत्री, राजमान राई, देवीराम राई लगायत रहनुभएको छ ।

























