जेनजी आन्दोलनमा फरार भएका दुई जना पक्राउ

0
45

झापा, इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका फरार दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले कनकाई नगरपालिका–२ निवासी ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई नगरपालिका–३ निवासी ४२ वर्षीय चन्द्र पौडेललाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here