झापा, नेपाल जेसीजको आयोजना तथा विराटनगर जूनियर जेसीजको आतिथ्यतामा सम्पन्न १४औँ राष्ट्रिय जूनियर जेसीज नेतृत्व प्रशिक्षण कार्यक्रम २०८२ मा जूनियर वीरता जेसीज बिर्तामोडले ‘उदीयमान उत्कृष्ट शाखा’ अवार्ड प्राप्त गरेको छ । वीरता जूनियर जेसीज वीरता जेसीजको परियोजनाका रूपमा सञ्चालन हुँदै आएको छ । 
नेपाल जेसीजका राष्ट्रिय जूनियर जेसीज संयोजक रिकेश भण्डारी, नेपाल जेसीज क्षेत्र–‘क’का जूनियर जेसीज संयोजक गौरव कर्ण लगायतले जुनियर वीरता जेसीजको उत्कृष्ट योगदानलाई उच्च मूल्यांकन गरेका थिए ।
कार्यक्रममा जूनियर वीरता जेसीजका अध्यक्ष अस्मित गोसाईलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
२०२३ मा स्थापना भएको वीरता जूनियर जेसीजले २०२५ को शुरुवातदेखि नै युवाका लागि नेतृत्व, शिक्षा, स्वास्थ्य र सामाजिक परिवर्तनका दर्जनौँ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
युवाको क्षमता अभिवृद्धि गर्दै समाज र स्थानीय स्तरमा उदाहरणीय भूमिका निर्वाह गर्दै आएको जूनियर वीरता जेसीजका अध्यक्ष गोसाईको नेतृत्वमा निरन्तर सक्रिय रहेको छ।
संस्थाले नेतृत्व विकास, सामुदायिक सेवा, सीप विकास, प्रशिक्षण, प्रतिभा पहिचान र व्यक्तित्व विकासका थुप्रै कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय स्तरमा प्रथमपटक प्राप्त भएको यो सम्मानले वीरता जूनियर जेसीजको प्रतिष्ठा अझ बलियो बनाएको बताइएको छ ।
देशभरिका ४५ शाखामध्ये उत्कृष्ट प्रदर्शन, कार्यक्रमको प्रभावकारिता र नेतृत्व विकासमा निरन्तर योगदानको आधारमा नेपाल जेसीजले उक्त सम्मान वीरता जूनियर जेसीजलाई प्रदान गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा, पूर्वाञ्चल विश्वविद्यालयका डिन, विराटनगर जूनियर जेसीजका संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठ, सह–पाइलट संदीप दास श्रेष्ठ, विकास खाँकी श्रेष्ठ, तथा डा. विजय मिश्रको विशेष उपस्थितिमा सम्पन्न भएका विराटनगर जूनियर जेसीजकी अध्यक्ष आयुषा खतिवडाले जानकारी दिइन् ।






























