भद्रपुर ।

भद्रपुरको मेची पुलबाट लागुऔषधसहित ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मेची पुल प्रहरी बिटमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्मा पक्राउ परेका हुन् ।
उनले मलद्वारभित्र प्लास्टिकका ७ पोका लुकाएर ल्याएको ६ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।































