प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपनसहित चार भारतीय नागरिक झापामा पक्राउ

0
118

झापा,

प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपनसहित झापाको बिर्तामोडबाट चार जना भारतीय नागरिक पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले शनिवार राति बिर्तामोड–५ स्थित एक होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरू भारत बिहार राज्यको सितामणीका ३७ वर्षीय गरिब साह, १९ वर्षीय भोला कुमार, १८ वर्षीय विकाश कुमार, तथा २३ वर्षीय अमोल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट ‘भारतीय लक्की ड्र’ का ३ हजार थान कुपन, बिलविनाका ४८ थान कुर्ता–सुरुवाल, र १० थान ग्यास चुलो बरामद गरिएको छ। बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेल नेतृत्वको टोलीले बिर्तामोडस्थित हाङ्मा होटलमा बसिरहेका उनीहरूलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

प्रहरीले बरामद भएकामध्ये लक्की ड्र कुपन नेपालमा बिक्री तथा वितरण गर्न कानुनले पूर्ण रूपमा प्रतिबन्ध लगाइएकाले सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here