करेन्ट लगाएर माछा मार्दा…

0
54

झापा,

करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ५२ वर्षीय आनन्द चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौधरीले खोला नजिकै रहेको बिजुलीको पोलबाट हुकिङ गरी तार तानेर खोलामा करेन्ट प्रवाह गरेका थिए । सोही क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै घटना भएको हो ।

असुरक्षित तवरले माछा मार्ने कार्यमा चौधरीलाई सघाएको आरोपमा प्रहरीले अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरी रहेका छन् ।

उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ । मृतक आनन्द चौधरीको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here