मोरङ । 
मोरङको विराटनगर–१३ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका(१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































