प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम समुदायको विरोधसभा

0
43

झापा, प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै झापाका मुस्लिम समुदायले आपत्ति जनाएका छन् । उनीहरुले झापा गाउँपालिका–३ कामाटोली बजारमा आज विरोधसभा तथा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री कार्कीले अभिव्यक्ति सच्याउनु पर्ने बताएका हुन् ।
मुस्लिम समुदाय समाज झापाको आयोजनामा अहले हदीस मुस्लिम संगठन झापा गाउँपालिका समितिका अध्यक्ष तथा झापा गाउँपालिका–४ का वडा अध्यक्ष मोहम्मद ताहिरको नेतृत्वमा ४०–४५ जनाको उपस्थितिमा शान्तिपूर्ण ¥यालीको समेत आयोजना गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले ‘राष्ट्रिय एकता कायम गर’, ‘सामाजिक सद्भाव कायम गर’,‘मुस्लिम समुदायसँग गरिएको अभिव्यक्ति फिर्ता गर’ जस्ता नारा लगाउँदै प्रधानमन्त्री कार्कीको अभिव्यक्तिको विरोध गरेका थिए।
विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष मोहम्मद ताहिरले प्रधानमन्त्रीले सामाजिक सद्भाव र धार्मिक–सामुदायिक संवेदनशीलताप्रति सजग रहँदै अभिव्यक्ति दिनुपर्ने बताएका थिए। उनले मुस्लिम समुदायको हितविपरीत गरिएको टिप्पणी तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गर्दै, अन्यथा मुस्लिम समुदाय संगठित रुपमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here