अन्नपूर्ण साकोस सञ्चालक समितिको अध्यक्षमा दाहाल

0
33
बिर्तामोड । 
झापाको बिर्तामोड नगरपालिका–५ स्थित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा लालबहादुर दाहाल चयन भएका छन् ।
संस्थाको शुक्रबार सम्पन्न २०औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि यस अघि समितिमा उपाध्यक्ष रहेका उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा कृष्णबहाुदर श्रेष्ठ, र सदस्यहरुमा एलिना राई, गोमादेवी दाहाल गौतम, तारा श्रेष्ठ, प्रकाश खड्का र भावुक राई चयन भएका छन् ।
त्यस्तै सोही सभाले लेखा समिति र ऋण उपसमिति पनि गठन गर्ने संस्थाका व्यवस्थापक सन्तोष दाहालले जानकारी दिए । समितिका कार्यवाहक अध्यक्ष दाहालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५का कार्यवाहक वडाध्यक्ष ओमभक्त सेढाईंले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन एवम् चालु आर्थिक वर्ष २०८२÷०८३को बजेट तथा वार्षिक नीति तथा कार्यक्रम कार्यकारी प्रमुख प्रभात खड्काले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयर पूँजी ८६ लाख १७ हजार आठ सय रुपैयाँ, संस्थागत पूँजी तथा कोषमा १५ लाख ५७ हजार रुपैयाँ, निक्षेप २२ करोड ५० लाख रुपैयाँ, ऋण लगानी १५ करोड ५० लाख रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ सिर्जना भट्टराई, उत्कृष्ट बजार प्रतिनिधितर्फ वरिष्ठ बजार प्रतिनिधिद्वय भवानीप्रसाद गौतम र सुजता श्रेष्ठ, उत्कृष्ट बचतकर्तातर्फ २५ जना शेयर सदस्य, असल ऋणीतर्फ ६ जना शेयर सदस्य, ज्येष्ठ शेयर सदस्यतर्फ १ जना र उत्कृष्ट बाल बचतकर्तातर्फ १ जना शेयर सदस्य सम्मानित भएका छन् ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रमाया तामाङ, नेपाल लाइफ इन्स्युरेन्स बिर्तामोड शाखा प्रमुख गंगा थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्था अन्र्तगत खुदुनाबारी सेवा केन्द्रकी प्रमुख प्रतिमा इङनामले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन बजार अधिकृत बबिता चाम्लिङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here