फरार कैदी पक्राउ

0
25

झापा, जेनजी आन्दोलनका क्रममा  फरार भएका एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान कसुरमा फैसला भई कैद भुक्तान गरिरहेको फरार कैदी डम्बर बहादुर मगर ( शम्भु मगर) पक्राउ परेका हुन् ।

४५ वर्षीय उनी शिवसताक्षी नगरपालिका–११, शेर्माटोल निवासी हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार  प्रहरीले   खोजतलाशका क्रममा उनलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको  टोलीले नियन्त्रणमा लिएको जनाएका छन् ।

पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार, सुनसरी पठाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here