झापा, झापाको हल्दिबारी गाउँपालिका–२ ढाकन बस्तीमा जंगली हात्ती प्रवेश गरी एक व्यक्तिको घरमा क्षति पुर्याएको छ।
गए राती ११:३० बजेतिर लिला बहादुर बस्नेतको सेन्ट्रीले घेरिएको सिमेन्टको भुइँतले घरमा हात्ती पसेर भान्सा कोठा भत्काएको प्रहरीको भनाइ छ।

हात्तीले घरभित्र राखिएको करिब २ बोरा चामल, २० किलो चिउरा, १२ किलो आटा र २ पोक्का तेल नष्ट गरिदिँदा करिब ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
मानविय तथा चौपायामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
घटना पछिल्लो प्रचौ हल्दिबारीबाट खटिएको टोली पुगेको र हात्ती पुनः जङ्गलतर्फ फर्किएको बताइएको छ।





























