बिर्तामोड ।

जेन–जी आन्दोलन पछि नीजि क्षेत्रले ठूलो संकटको सामना गर्नु परेको नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले बताएका छन् ।
झापाको बिर्तामोडमा भएको एक कार्यक्रममा बोल्दै उनले खरानीको थुप्रो माथि नीजि क्षेत्र उभिएको बताउँदै राजयले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको गुनासो गरे ।
उनले हरेक राजनीतिक परिर्वतन पछि नीजि क्षेत्रको नीति नै परिर्वतन हुने गरेकाले ढुक्कले ब्यपार, ब्यवसाय गर्ने वातावरण नभएको उल्लेख गरे । उनले सरकार परिर्वतनपछि हुने नीति परिर्वतनलाई रोक्नु पर्ने भन्दै जुनसुकै बेला पनि नीजि क्षेत्र सबैको आँखाको तारो हुने भएकाले त्यसलाई रोक्नुपर्ने विचार ब्यक्त गरे ।
नीजि क्षेत्र चन्दा चिठ्ठाले हैरान भइरहेका बेला आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागि हुने दलहरुले समेत चन्दा माग्न सक्ने भएकाले अहिले नीजि क्षेत्रले कसैलाई चन्दा दिने अवस्था नरहेको धारणा ब्यक्त गरे । ढुक्क संगले ब्यवसाय गर्ने वातावरण नभएको भन्दै उनले राज्यलाई राजश्व कसले कति बुझाई रहेको छ भन्ने जानकारी राख्दै नीजि क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्ने विमलीको भनाई छ ।
अहिले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरु मनोवैज्ञानिक रुपमा त्रास रहेकाले सुरक्षाको प्रत्याभूति दिलाउँदै स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गरे ।






























