जन्मदिनमा २१ हजार सहयोग: बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा उपाध्यक्ष थापाको योगदान

0
56

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन्। जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन्।

साँझ बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए।
“हाम्रो लक्ष्य एक करोड रुपैयाँ पुर्‍याउने हो,” थापाले भने, “थोरै भए पनि कोष वृद्धिमा योगदान दिन पाउनुमा खुशी छु।”

उपाध्यक्ष थापा आफ्नी श्रीमती समृद्धिसहित कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ।

समारोह संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here