झापा । सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिकै मंगलबार साँझ प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोबाट ४६० केजी (१६ बोरा) गाँजा बरामद गरेको हो।
जिल्ल प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आज साँझ ७ बजेतिर ईनरुवाबाट जाल्पापुर तर्फ जाँदै गरेको उक्त स्कारपियोलाई प्रहरीले नहरचोक नजिक रोकेर जाँच गर्न खोज्दा चालक सवारी नरोकी फरार भएको भएका थिए । पछि सोही रुटमा खटिएको अस्थायी प्रहरी पोस्ट साम्बला पोखरीचोकको टोलीले नहरचोकबाट करिब १०० मिटर पछाडि सवारी साधन छाडिएको अवस्थामा फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख केशव कुमार थेवेको कमाण्डमा पुगेको टोलीले स्कारपियो खानतलासी गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएका १६ बोरा गाँजा बरामत गरेको थियो । बरामद गरिएको गाँजा सहितको स्कारपियो जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको बताइएको छ ।





























