मेचीनगर, मेचीनगर नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सियो दौड, चम्चा दौड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम गरेको छ ।
चारै विद्याको निर्णायकहरूमा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, आदर्श मावि ईटाभट्टाका प्रधानाध्यापक कृष्ण पुरी, पूर्व प्रधानाध्यापक हेम खड्का रहेका थिए । 
बुधबार नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नगरका करिव एकसय अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर उक्त कार्यक्रम गराएको हो ।
सियो दौड, चम्चा दौड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिमा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः ४ हजार, ३ हजार २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
झअपाङ्गता समावेशी समाजको प्रवर्धन ः समाजिक उन्नतिको संवद्र्धन’ नारासहित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले
अपाङ्गता भएका व्यक्तिहरूले सपाङ्ग जति कै काम गरिरहेको बताएका छन् ।
नगरले विशेष प्राथमिकतासाथ हेरिरहेको उनको भनाई छ ।
उनका अनुसार विगतमा भएका कमजोरीलाई सच्याएर नगरपालिका अघि बढिरहेकोले सबैले साथ र आवश्यक सुझावको अपेक्षा छ । उनले घरघर गएर परिचय पत्र वितरण गरेको बताए । अपाङ्गतासँगै अटिजम भएका बालबालिकाको समस्या झन पीडादायी रहेको छ ।
निकट भविष्यमा नगरमा अटिजम केन्द्रको भवन बनाउने कोशिष भइरहेको बुढाथोकीको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, जीवीवी विज्ञ ः कमला उप्रेती, पूर्व क्षितिज अपाङ्ग सेवा संघ अध्यक्ष धर्मराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगरमा १६२३ जना अपाङ्गता भएका व्यक्ति र ९२ जना अटिजम भएका बालबालिकाहरू छन् ।
कार्यक्रममा नगरको प्रत्येक वडाबाट ५ जना, ओपेडी अध्यक्ष, प्रतिनिधि, अपाङ्गता शसक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तोकप्रसाद दुलाल लगायत पदाधिकारीसहित करिव एकसय जनाको सहभागिता रहेको थियो ।
अपाङ्गता समन्वय समिति सदस्य एवम् कार्यपालिका सदस्य अञ्जु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत करूणा फाउण्डेशनका मेचीनगर संयोजक पदम बराइलीले र सहजीकरण नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।





























